१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफू दोहोरिँदा नागरिकको आवश्यकता पूरा हुने-नहुने विचार गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने–नहुने विचार गर्न आग्रह गरेका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा–नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए।

पदमा दोहोरिनेभन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले स्पष्ट पारे। प्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने उनले बताए। तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरीकन दोहोरिनुको अर्थ नभएको उल्लेख गरे।

‘अब पटक होइन, किन, केका लागि म हुने भन्ने कुरा हुनुपर्छ भन्ने मलाई लाग्छ। कति पटकको कुनै अर्थ छैन। इतिहासमा कतिपटक एक ठाउँमा लेखिएला, तर के गर्‍याे महत्वपूर्ण हुन्छ। कुनै एकजनाले एकपटकमा राम्रो गर्‍याे भने अर्को सात–आठचोटि निर्वाचित भएर त्यही ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ ? एकपटकको हुन्छ, महत्व एकपटकको हुन्छ,’ उनले भने, ‘मेरो विनम्र अनुरोध छ, यहाँहरू दोहोरिन चाहनुहुन्छ, केका लागि ? एकपटक मैले अहिले अनुभव गरेँ। तर, मैले गर्ने काम बाँकी रहे। म यो समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र के अर्थ हुन्छ दोहोरिएर ?’