१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत १२ शनिबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विकासको जिम्मेवारी स्थानीयलाई दिन आवश्यक : प्रधानमन्त्री देउवा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार १२:३२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीयह?लाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् ।

उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकाले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको पनि बताए। प्रधानमन्त्री देउवाले भने, ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अत्यावश्यक छ। अहिलेसम्म राम्रो काम भएको पनि छ। सबै ठाउँमा त भन्न सकिँदैन। ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।’

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकामा भएको विकासले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।

०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो। उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरूको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । यो मन्दिर झन्डै तीन सय वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।

ad
ad
ad
ad