सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो।
तत्कालीन समयमा नेकपा एमालेको वरिष्ठ नेताको हैसियतमा रहेका नेपालले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने कारबाही प्रक्रिया थालेपछि गत ९ वैशाखमा रिट दर्ता गराएका थिए। रिटमा निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइएको छ।