१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नेपालमा बर्सेनि थपिन्छन् ६९ हजार क्षयरोगी, ४० हजार सम्पर्कबाहिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४३:oo

सरकारले आर्थिक वर्ष ०७८/७९ मा क्षयरोग नियन्त्रणका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको छ । तर, चालू आवको नौ महिनामा २० प्रतिशत मात्रै खर्च भएको देखिएको छ । क्षयरोग नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असन्तुष्टि जनाएको छ । 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले ठोस ढंगले काम गर्न नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४० हजार ३२३ जना क्षयरोगी राज्यको सम्पर्कबाहिर छन् । 

क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सञ्जयकुमार ठाकुरले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिँदै आएको जानकारी दिए । तर, २८ हजार ६७७ जना बिरामी मात्र केन्द्रको सम्पर्कमा छन् । सामाजिक लाञ्छना र भेदभावको डरका कारण ठूलो संख्यामा क्षयरोगी लुकेर बसेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका निर्देशक डा.सञ्जयकुमार ठाकुरले लुकेर रहेका रोगीलाई उपचारको पहुँचमा ल्याउन सके मात्र रोग नियन्त्रण गर्न सकिने बताए । तर, यसका लागि धेरै चुनौती रहेको उनको भनाइ छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेको देखाएको थियो । यो रोगबाट नेपालमा बर्सेनि १६ हजारजनाको मृत्यु हुने गरेको छ ।

ad
ad