१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री आले र सलमान खानबीच भर्चुअल कुराकानी, सगरमाथा आरोहणको निम्तो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:१२:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन्।  बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ बारे भर्चुअल छलफल गरेका हुन्। 

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने कार्यक्रमका लागि उनले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। यसअघि पनि नेपाल आउने निम्तो पाएको भए पनि समय नमिलेको र यसपटक भने नेपाल आउने सलमानले बताएका थिए। उनले नेपाल आउन आफू निकै उत्साहित भएको बताए। 

त्यस्तै मन्त्री आलेले कुराकानीका क्रममा सलमानलाई नेपालको पर्यटन प्रवर्द्धन गर्नसमेत आग्रह गरेका थिए। उनले सलमानलाई सगरमाथा आरोहणको निम्तोसमेत दिएका थिए। करिब १० मिनेट लामो कुराकानीमा मन्त्री आलेले आफू खानको फ्यान भएको बताएका थिए।

मन्त्रीको आलेको उक्त प्रस्तावलाई सलमानले नेपाल सुन्दर देश रहेको र पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘दबङ रिलोडेड टुर’का लागि ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।
 

ad
ad