१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ चैत ९ बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाँजासहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १७:५४:oo

मकवानपुर प्रहरीले ४२ किलो अवैध लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति इलाका प्रहरी कार्यालय मनहरीबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटपछाडि लुकाएर ल्याएको लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्नेमा ट्रकचालक मनहरी–६ का ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौँडा–११ का २२ वर्षीय सागर थिङ, ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका–१२ का ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।