१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Friday, 06 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १३:१६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

जीवन पराजुलीको ‘क्लोज–अप’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १३:१६:oo

पत्रकार जीवन पराजुलीले लेखेको पुस्तक ‘क्लोज–अप’ लोकार्पण गरिएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र सलभलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्।

चलचित्र निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३६३ पृष्ठको छ। पुस्तकले ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सिमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथो अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीको अनुभव, भोगाइ र संघर्षलाई समेटेको छ।

कार्यक्रममा टिप्पणीकार सलभले ‘क्लोज–अप’ नेपाली सिनेमा र गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याएका प्रतिनिधि पात्रहरूको सिंगो दस्ताबेज बनेको बताए। उनले यो पुस्तकमा सिनेमाका पुराना निर्देशक, निर्माता र कलाकारहरूको अनुभव मात्रै नभएर पत्रकारिताबाट सिनेमामा आएका प्रतिनिधि पात्रहरूको अनुभव पनि समेटिएको बताए। पुस्तकमा महिला निर्देशकले सिनेमा निर्देशन, निर्माण र प्रदर्शनमा झेल्नुपरेको कठिनाइबारे चर्चा गरिएको उनले बताए।

पुस्तकका सम्पादक दीपेन्द्र लामाले मनोरञ्जन विधामा कलम चलाउने पत्रकारका लागि ‘क्लोज–अप’ महत्वपूर्ण रहेको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज–अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको संज्ञा दिए।