१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्याब्सनको महाधिवेशन ९ र १० चैतमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय महाधिवेशन ९ र १० चैतमा काठमाडौंमा हुने भएको छ । पाँच हजार साधारण सदस्य विद्यालय रहेको प्याब्सन महाधिवेशनमा देशभरबाट दुई हजार दुई सय ४६ महाधिवेशन प्रतिनिधिको सहभागिता रहने प्याब्सनले जनाएको छ । 

प्याब्सनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टीकाराम पुरीले महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि २७ पदाधिकारी र ३९ जना सदस्य रहने गरी ६६ जनाको कार्यसमिति चयन गर्ने बताए । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गर्ने कार्यक्रम तय भएको छ । 

अध्यक्ष पुरीले महाधिवेशनमा देशको समग्र विकासका लागि अनुशासित र देशभक्त नागरिकको उत्पादनका लागि शिक्षाले सीप सिकाउनुपर्ने, सीप श्रमसँग जोड्नुपर्ने र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने विषयमा छलफल हुने बताए । त्यसैगरी महाधिवेशनमा वर्तमान कार्यसमितिले निजी शैक्षिक क्षेत्रको हक, हित, लगानी सुरक्षा, कोभिड–१९ले पारेको प्रभावका विषयमा समेत छलफल हुने बताए । 

प्याब्सनले कोसी बाढीपीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा सदस्य विद्यालयहरूको योगदानबाट संकलित एक करोड ५० लाखको लगानीमा ‘प्याब्सन सामूहिक बस्ती’को निर्माण गरेको र १ चैतमा हस्तान्तरण गर्ने जनाएको छ ।

ad
ad