१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुस-युक्रेन द्वन्द्व : अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४२:oo

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न भएको छ । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको भर्चुअल  बैठकलाई बुधबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताए ।

खड्काले अन्य देशको तुलनामा नेपालीको उद्धार कार्य निकै छिटोछरितो भएकाले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए  । उनले उद्धारको कार्य सम्पन्न भएपछि उनीहरूको पुनर्स्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए। 

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली आफ्नो ज्यान बचाउन पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायतको देशमा पुगेका छन् ।  पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्यान्डमा चार सय ६६, स्लोभाकियामा ७८, रोमानियामा २८, हंगेरीमा आठ र  माल्दावामा चारजना पुगेका हुन् । हालसम्म पाँच सय ८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।  

राजदूत खड्का अनुसार तीनजना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँदिल्ली हुँदै नेपाल जाने तयारीमा छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र  (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।  करिब ३८ जनाको नेपाली परिवार आफ्नो व्यवसायसहित युक्रेनमा स्थायी रूपमा बसोवास गर्दै आएका छन् । 

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए । उनले नेपालीको उद्धारका लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग काम गर्न इच्छुक रहेको बताउँदै गैरआवासीय नेपाली संघको सञ्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तर्राष्ट्रिय समुदायले राखेको बताए। उनले एनआरएनए  सञ्जाल सक्रिय भएकै कारणले गर्दा  यति छिटो उद्धार सम्भव भएको बताए ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले युद्धपीडित नेपालीको पुनर्स्थापनाका लागि आर्थिक संकलन गर्न आग्रह गरेका छन् । उनले युद्धमा परेका नेपालीको दु:खमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरे । 

एनआरएनए पोल्यान्डका अध्यक्ष जीवन केसीले नेपालीको सहयोगमा युद्धपीडितको उद्धार र व्यवस्थापन सफल भएको बताए । उनले युक्रेनबाट धेरै नेपाली पोल्यान्डमा आएकाले उनीहरूको व्यवस्थापनका लागि ठूलो चुनौती रहेको बताए । उनले दुई सय तीनजना नेपालीलाई संघको पहलमा बसोवासको व्यवस्था गरिको जानकारी दिए। 

एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले चारजना नेपाल फर्किएको र तीमध्ये दुईजना भारतीय सरकारको सहयोगमा हवाईजहाजमार्फत नेपाल गएको बताए । उनले युक्रेनमा चिकित्सा शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूलाई हंगेरी सरकारले आफ्नो कोर्स पूरा गर्न अवसर प्रदान गर्न लागेको बताए ।

(रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको सहयोगमा ) तस्बिर : एजेन्सी

ad
ad