१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २३ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नोबेल मेडिकल कलेजका विद्यार्थीले पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार १३:३७:oo

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनशनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको कोर्स पूरा गरिदिनुपर्ने बताइन्। उनले विद्यार्थीहरू पढ्न छोडेर अनशन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन्।

कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउनसमेत समितिले निर्देशन दिएको छ। सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने बताइन्।