मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई, राष्ट्रिय सहकारी बैंक र एससिटी मिलेर सहकारीलाई कोअप कार्ड दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार ०६:४८:००

ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारी संस्थाहरूका लागि सहकारी पहिचानसहितको कोअप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले हस्ताक्षर गरेका हुन् ।

बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोअप कार्ड जारी गर्न लागिएको जनाइएको छ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरूले कोअप कार्ड जारी गर्ने बैंकले जनाएको छ । यसका लागि एससिटीले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ । 

सहकारीका सबै सदस्यलाई सेवा पु¥याउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्रान्डको कोअप कार्ड जारी गर्न लागेको जनाइएको छ । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम–पिओएसमार्फत सहजै चलाउन सकिने उल्लेख गरिएको छ ।