१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका लागि मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यकता भएको बताए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरूको सुझबुझले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन र एमसिसी संसदबाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्माणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरूले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्‍याएको धारणा व्यक्त गरे। रासस

ad
ad