१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण १८ बुधबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी खतिवडा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १९:४४:oo

भूकम्पपछि दोलखाको दुर्गम गाउँ कालिञ्चोक गाउँपालिका– १ को विकास र समृद्धिमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै नयाँ पत्रिका दैनिकका दोलखा संवाददाता श्याम खतिवडा सम्मानित भएका छन् । 

कालिञ्चोकमा आयोजित दीपजंग साना किसान कृषि सहकारी संस्थाको साधारणसभामा खतिवडालाई नगदसहित सम्मान गरिएको हो । साधारणसभामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सम्मान गरेका थिए ।