१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४६:oo

गैरआवसीय नेपाली संघले रुस–युक्रने द्वन्द्व प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षित स्थानमा पुगेको बताएको छ । एनआरएनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छाडेर ६० जना पोल्यान्ड, १२ जना  स्लोभाकियामा,  चार जना हंगेरी, १२ जना रोमानिया र दुईजना माल्डावामा सकुशल पुगेका छन् । 

यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्यान्डको सीमामा एक सय ३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा दुईजना नेपाली दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरूले सोमबार साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । केही नेपाली भने पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न सहरहरूमा रहेको बताइएको छ । 

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रूपमा बसोवास गर्दै आएका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको पनि एनआरएनले जनाएको छ ।
 

ad
ad