मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका म्याग्दी
२o७८ फाल्गुण १५ आइतबार १५:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकको कुटाइबाट म्याग्दीमा विद्यार्थी घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १५:o६:oo

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थी घाइते भएका छन्। लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएको छ।

शिक्षक घिमिरेले कक्षाकोठामै पाइपले नीलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए। ‘विनाकारण सरले पाइपले पिट्नुभयो, अफिसमा गएर कुरा गरौँ भन्दा पनि मान्नुभएन,’ उनले भने, ‘बोल्न र सास फेर्न गाह्रो भएको छ।’ पौडेलका अनुसार उनीसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई पनि शिक्षक घिमिरेले शुक्रबार दिउँसो यातना दिएका थिए। 

बान्ता गर्ने, खाना नखाने, सास फेर्न गाह्रो हुने र दुखाइ बढेपछि शनिबार साँझ बेनी अस्पतालमा एक्स–रे र स्वास्थ्य परीक्षण गरिएको थियो। पौडेलकी दिदी मनकुमारी सुवेदीले टाउको सुन्निएकाले शनिबार राति नै पोखरा लगेर कालीगण्डकी डायग्नेस्टिक एन्ड रिसर्च सेन्टरमा सिटी स्क्यान गरी बिहान बेनी ल्याएको बताइन्।

‘बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न भनी औषधि दिनुभएको छ,’ उनले भनिन्, ‘सम्बन्धित सर र विद्यालय प्रशासनमा शनिबार बिहानै फोनबाट जानकारी गराउँदा वास्ता गर्नुभएन ।’ पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादाविपरीत बालमनोवैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै आज विद्यालयमा निवेदन दिएका छन्। पौडेल प्रकाश माविमा तीन वर्षदेखि अध्ययनरत थिए। 

विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले शनिबार बिहान फोनबाट पौडेलकी दिदीले अनौपचारिक जानकारी गराएको र आज छलफलका लागि बोलाएको बताए। ‘शुक्रबार पाँच बजेसम्म कक्षा भएको थियो। नवीन सरको पिरियड दिउँसो १२:१० देखि १२ः५० सम्म हो। राजनले त्यो दिन पूरै कक्षा पढेका थिए। लेखापछिको विषयका सरहरूले पनि उनको स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभएको थियाे,’ उनले भने, ‘आज बिहान लाइनमा सोध्दा कागजको डल्ला फालेकाले हल्का एक्सन लिएको बताउनुभयो। थप छानबिन र छलफल गर्दै छौँ।’ रासस