Skip This
ad
युक्रेनमा १९३ नेपाली सुरक्षित - गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै नेपाल फर्किन दूताबासको आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

युक्रेनमा १९३ नेपाली सुरक्षित - गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै नेपाल फर्किन दूताबासको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:o९:oo

युक्रेनमा रहेका १९३ नेपाली नागरिक सुरक्षित रहेको त्यहाँ स्थित नेपाली दूताबासले जानकारी दिएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै दूताबासले युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकका विभिन्न शहरमा रहेका नेपालीहरुको स्थितको बारेमा दूताबासले निरन्तर सम्पर्क गरिरहेको र १९३ नेपाली सम्पर्कमा रहेको बताएको छ । 

दूताबासले युक्रेनसँग सिमाना जोडिएका छिमेकी  मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई   मानवीयताका आधारमा आफ्नो मुलुकमा प्रवेशका लाग नाका खुला गरेको पनि दूताबासले जनाएको छ । सुरक्षित तवरले ति नाका हुँदै नेपाल फर्किन पनि सबै नेपालीहरुलाई दूताबासले अनुरोध गरेको छ ।  

 

 

ad
ad