मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १० मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 आइसिसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई दियो १७६ रनको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १७:१९:oo

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा युएईले सेमिफाइनलमा नेपाललाई १७६ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको हो । 

युएईलाई पाखा लगाएर फाइनल स्थान बनाउँदा नेपाल विश्वकपमा पुग्नेछ । र, सन् २०१४ पछि टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुनेछ । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपाल छनोट भएको थियो । यदि युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना तुहिनेछ । युएई विश्वकपमा पुग्नेछ । 

ग्लोबल छनोटको फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपाल समूह बीमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले सोमबार सन् २०११ को एकदिवसीय खेलेको क्यानडामाथि आठ विकेटको सानदार जित निकाल्दै समूह बीको विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।