१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ फाल्गुण ६ शुक्रबार o९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र यादवबीच खुमलटारमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार o९:२७:oo

सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा शुक्रबार विहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्।

एमसिसीमा सहमति जुटाउन बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको थियो। आज १० बजे गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गर्नुपर्ने अडानमा छन् भने प्रचण्ड र नेपालको परिमार्जन गर्नुपर्ने भनाइ छ।