१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

पोखरा म्याराथनमा आठ देशका धावक आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१२:oo

आगामी शनिबार पोखरामा सुरु हुन लागेको १६औँ संस्करणको पोखरा म्याराथन र महिला हाफ म्याराथनमा नेपालसहित आठ देशका धावकहरू सहभागी हुने भएका छन् । म्याराथन तयारीका बारेमा जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा आयोजक भूतपूर्व खेलाडी मञ्चले नेपालसहित भारत, केन्या, फ्रान्स, बेलायत, ओमन, आयरल्यान्ड, अमेरिकाबाट धावकहरू सहभागी हुने जनाएको हो । 

म्याराथनलाई औद्योगिक घराना लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी प्रालिको उत्पादन सफल दूधले गरेको छ । खुला ४२.१९५ किमि म्याराथनमा नोपलका १७ जिल्लासँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी एक सय ६२ जना धावकले र महिलातर्फको हाफ म्याराथनमा ३९ जनाले प्रतिस्पर्धा गर्दै छन् । साथै भारत, केन्या, फ्रान्स, बेलायत, ओमन, आयरल्यान्ड, अमेरिकाका १४ जना धावक पोखरा आउने भएका छन् । खुला म्याराथनका विजेताले चार लाख, दोस्रोेले दुई लाख, तेस्रोले एक लाख र सान्त्वनाले ३० हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी महिलातर्फको हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

विजेतालाई बेलायत म्याराथनमा सहभागी गराइने
आयोजक मञ्चका अनुसार खुला म्याराथनका विजेताले बेलायतको म्याराथनमा सहभागिता हुन पाउनेछन् । यसैगरी नेपाल एथ्लेटिक्स संघले विजेता धावकलाई १९औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा सहभागी गराउने घोषणा पनि गरिसकेको छ । सन् २०२४ भित्र एम्समा दर्ता गर्ने, पुरस्कार १० लाख पुर्‍याइने छ । 

आयोजकले सन् २०२४ भित्र पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजनासहित तीन वर्षभित्र पुरस्कार राशि १० लाख पुर्‍याउने योजना बनाएको छ । म्याराथन सञ्चालनका लागि पोखरेली मञ्च युकेले पाँच लाख नगद सहयोग हस्तान्तरण गरेको थियो । अन्तर्राष्ट्रिय पार्टनरसमेत रहेको युकेका तर्फबाट अध्यक्ष मानप्रसाद गुरुङले मञ्चका अध्यक्ष पराजुलीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

म्याराथनमा चर्चित व्यक्तिको सहभागिता 
म्याराथन सफल पार्न र धावकहरूलाई हौसला प्रदान गर्न कीर्तिमानी धावकहरूसमेत पोखरा आउने भएका छन् । प्रचार संयोजक केशव पाठकका अनुसार साग रेकर्डहोल्डर वैकुण्ठ मानन्धर, ग्रिसका अवैतानिक राजदूत तथा एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाँडे काजी, लोकप्रिय अभिनेत्री करिष्मा मानन्धर, लोकदोहोरी गायिका सुनिता दुलाल, नेपाल पिस रनकी श्वेता प्रधान, गिनिज बुक अफ वल्र्ड रेकर्ड धावक हरि रोका, धावक पाण्डव महतोसहित ओलम्पियन नारायण गुरुङसँगै अन्य चर्चित अनुहारहरूको सहभागिता रहनेछ ।

ad
ad