
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार–२०७७ स्रष्टा प्राध्यापक तुलसी दिवसलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको लोकवार्ता र संस्कृतिका क्षेत्रमा गहन अनुसन्धान गरी कृतिहरू प्रकाशन गर्नुका साथै आफ्ना कवितामार्फत नेपालको लोकवार्ता, साहित्य र संस्कृतिलाई विश्वसामु परिचित गराएको भन्दै उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । यसैगरी, प्रतिष्ठानले कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार–२०७८ स्रष्टा प्राध्यापक डा. चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने, कृतिहरू प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार–प्रसार र विकास गर्ने, व्यक्तित्वलाई दुई वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।