मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका क्यानबेरा
२o७८ माघ २९ शनिबार १५:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यानबेरा
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १५:४७:oo

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएको भन्दै युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन्।

रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौं सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको पश्चिमा राष्ट्रहरुको दावी छ। “युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौं,” प्रधानमन्त्री मोरिसनले भनेका छन्।

उनले युक्रेनमा अशान्ति नहोस भन्ने आफुले चाहेको भएपनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गरेका छन्। युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको तर्क छ।  रासस/एएनआई