१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १३:३५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा दुई महिनामा जघन्य अपराधका आठ घटना 

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:३५:oo

कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण उच्च रहेको समयमा पनि मोरङमा शृङ्खलाबद्ध रूपमा जघन्य अपराधका घटना भएका छन्  । गत  २६ मंसिरदेखी  २५ माघ  सम्ममा मोरङमा आठवटा जधन्य अपराधका घटना घटेका छन् । अपराधका ६ वटा घटनाको असनुसन्धान गरेर अपराधी पत्ता लगाइएको छ भने दुई घटनाको रहस्य अझै प्रहरीले पत्ता लगाउन सकेको छैन । 

फुपू र फुपाजूले गरे २१ महिनाकी भदैनीको हत्या 
२६ मंसिरमा मोरङको  रंगेली नगरपालिका–२, नहर टोल बस्ने चन्द्र उरावकी २१ महिनाकी छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू फुपाजू पर्ने  ४६ वर्षीय सैनी उराव र उनकी श्रीमती ३५ वर्षीया संगीता उराव पक्राउ परे । रिसको झोकमा एक्कासी कन्चटमा हिर्काउँदा २१ महिनाकी उरावको मृत्यु भएको थियो । आफूहरूले हिर्काएकै कारण मृत्यु भएपछि उनीहरूले दुई दिनसम्म शव लुकाएर अपराध गुपचुप बनाउन शव पानीमा फालेका थिए । तर, उनीहरूलाई शंकास्पदका रूपमा ४ पुसमा प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको थियो ।    

मापसेको झोकमा आफ्नै साथीको हत्या  
८ माघको बेलुका सँगै मदिरा सेवन गरेपछि  सामान्य भनाभन हुँदा सँगै काम गर्ने दुईजना साथी मिलेर आफ्नै साथी झप्पु भनिने कटहरी गाउँपलिाका–३ निवासी २८ वर्षीय अशोक ऋषिदेवको हत्या गरे । उनीहरूले रक्सीको सुरमा कुटेर साथीको हत्या गरेपछि शवलाई पोखरीमा फालेका थिए । त्यसपछि उनी चढ्ने साइकल पनि अर्कै ठाउँमा लगेर फालिदिए । पोखरीमा फेला परेको शवमा चोट देखिएपछि  प्रहरीले अनुसन्धान गर्दा साथीबाटै हत्या भएको खुल्यो । मोरङ प्रहरीले हत्या आरोपमा सोही ठाउँका ३८ वर्षीय शेखर राजवशीलाई  पक्राउ ग–यो । राजवंशी हाल पुर्पक्षका लागि जेलमा छन् । प्रहरीका अनुसार अर्का हत्या आरोपी अझै फरार छन् ।   

५३ वर्षीय पुरुषद्वारा १२ वर्षीया बालिका बलात्कार  
१९ माघमा मोरङ सुन्दरहरैँचा नगरपालिका–५, बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई  घरनजिकै रहेको बाँसघारीमा लगेर बलात्कार गरे । बालिकाको बयानका अधारमा प्रहरीले सोही दिन चौधरीलाई पक्राउ ग–यो । इलाका प्रहरी कार्यालय, बेलबारीले हाल सो घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । 

होटेलमा सामूहिक बलात्कार 
७ माघमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४, बलियामा कामाबाट फर्केदैँ गरेकी एक ३० वर्षीया महिलाको सामूहिक बलात्कार भयो । बलात्कार आरोपमा पुर्व–पश्चिम राजमार्गमा रहेको श्रेष्ठ होटेल एन्ड फेमिली लज सञ्चालक हिमबहादुर श्रेष्ठ, उनका भाइ मनोज श्रेष्ठ र रामबहादुर नेपाली पक्राउ परे । मोरङ बेलबारी बस्दै आएकी एक श्रमिक महिलालाई उनीहरूले बहिनीको घरमा पु–याइदिन्छौँ भन्दै झुक्याएर होटेलमा लगेर बेहोस बनाई बलात्कार गरका थिए । बालत्कारपछि महिला गम्भीर घाइते भएकी थिइन् । घटना मिलापत्र गराउन खोजिए पनि हाल इलाका प्रहरी कार्यालय, बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।  

परिवारकै सदस्यबाट हत्या 
भारतसँग सिमाना जोडिएको मोरङको जहदा  गाउँपालिका–७, भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको ७ माघमा रहस्यम हत्या भयो । उनको शव  दिउँसो उनकै घरमा  कपडा ओढाएको अवस्थामा फेला परेको थियो । घटनापछि परिवारमा सँगै बस्दै आएका कल्पनाका छोराहरू २८ वर्षीय प्रधुम  र २१ वर्षीय चैतन्य राजभरसहित उनीहरू दुवैका श्रीमतीहरू फरार छन् । शवको घाँटीमा डोरीले कसेको गहिरो निलडाम पाइएकाले उनको हत्या गरिएको शंका बलियो भएकोले सोहीअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले बताएको छ । हालसम्म हत्या आरोपमा कोही पनि पक्राउ नपरेकाले हत्याको रहस्य अझै खुल्न सकेको छैन । 

जंगलभित्र रूखको जरामुनि युवकको शव फेला 
९ माघमा मोरङको केराबारी गाउँपालिका–८ स्थित साझेदारी बन क्षेत्रभित्रको रूखको जरामुनि सोही ठाउँका २६ वर्षीय युवा बाबुराम भट्टराई मृत फेला परे । बसमा सहचालकको काम गर्दै आइरहेका थिए । मेला हेर्न भनी हिँडेका उनी २७ पुसदेखि बेपत्ता  थिए । प्रहरीले हालसम्म हत्याकाे रहस्य पत्ता लगाउन सकेको छैन । सो घटना पनि इलाका प्रहरी कार्यालय, बेलबारीले अनुसन्धान गरिरहेको छ ।  

पाँच कट्ठा जग्गाका लागि आमाको हत्या 
मोरङको पथरी शनिश्चरे नगरपालिका–२, जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले पाँच कट्ठा जग्ग हत्याउन  ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरि जंगलमा लगेर जलाए । जग्गाको विषयमा भनाभन हुँदा उनले १२ माघमा आवेगमा आएर आमाको हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय, पथरीले  जगमायाकी कान्छा छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहको छ । 

पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताएअनुसार बुबाको नाममा रहेको १५ कट्ठा नाै धुर जग्गा आमा र  दुईजना दाजुहरूलाई थाहा नदिई आफ्नो श्रींमतीको नाममा बनाएका थिए । सोही विषयमा श्रेष्ठ परिवारमा झैँझगडा भइरहने गर्दथ्यो । आमाको नाममा रहेको जग्गा भाइले विनाजानकारी एकलौटी रूपमा आफ्नो नाममा हडपेको थाहा पाएपछि आमा र दाजुहरूले अदालतमा मुद्दा दर्ता गराएका थिए । अदालतले उक्त जग्गा मध्ये  पाँच कट्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कमलले वृद्ध आमाको हत्या गरेको अनुसन्धानले देखाएको छ । 

कमिसनको रकम हत्याउन  साझेदारको हत्या 
कमिसनको लोभमा ५ र ७ पुसमा  आफ्नै दुईजना साझेदारलाई हत्या गरेर मोरङको धनपालथान गाउँपालिका–७  स्थित उखुबारीमा शव गाड्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले २१ माघमा  उक्त्त हत्या अराेपमा धनपालथान–७, कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४, सिसवनीका  २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र घटनाका मुख्य योजनाकार  सिराहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डललाई पक्राउ ग–यो । २३ माघमा  रंगेली नगरपलिका–३, आमतोला बस्ने ३३ वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६, जिरोगौवा गाउँ बस्ने १८ वर्षीय मोहम्मद हकिम पनि पक्राउ परे ।  

उनीहरूले जग्गा कारोबारको नाफाको लोभमा व्यवसायका साझेदार सुनसरी धरान उपमहानगरपलिका–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरेका थिए । हत्यापछि उनीहरूले शवलाई धनपालथानको उखुबारीमा खाल्डो खनी नुन हालेर  गाडेका थिए । उनीहरूले तेह्रथुमको संक्रान्ति गाउँपालिका–२ का ६३ वर्षीय मोहन लिम्बूको २८ मंसिरमा हत्या गरेर ललितपुरको गोदावरी नगरपालिका–१२, थेचोमा त्यसै गरी शव गाडेका थिए । श्रेष्ठको १२ माघमा,  चौधरीको  १४ माघमा र लिम्बूको शव २० माघमा प्रहरीले भेटेको थियो ।      

ad
ad