मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Thursday, 19 December, 2024
दीपक भट्ट नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार o८:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रशासकीय अधिकृतमाथि यौन दुर्व्यवहारको आरोप, तीन महिनादेखि कार्यालय नै जान सकिनन्

Read Time : > 1 मिनेट
दीपक भट्ट, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार o८:o५:oo

रामेछापको उमाकुण्ड गाउँपालिका प्रितीका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकारालाई सोही पालिकाको स्वास्थ्य शाखामा कार्यरत अनमी सीता राई (नाम परिर्वतन) ले जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी छिन् । प्रशासकीय अधिकृत पैकाराले जबर्जस्ती गर्न खोजेपछि तीन महिनादेखि कार्यालय जान नसकेको उनले बताएकी छिन् । 

लोकसेवा आयोगबाट अनमीमा नाम निकालेर उमाकुण्ड गाउँपालिकामा पदस्थापन भएकी उनलाई पैकाराले आफूसँगै पालिकाको कार्यालयमै राखेका थिए । पैकाराले जबर्जस्ती मैसँग विवाह गर्नुपर्छ भन्दै दबाब दिएपछि कार्यालयमा हाजिर हुन नसकेको उनले बताएकी छिन् । लोकसेवा आयोग पास गरेका उनका अन्य साथीलाई पालिकाको विभिन्न वडाका स्वास्थ्य शाखामा खटाइएको छ ।

पालिकामै काजमा रहेकी सीताले निमित्त अधिकृत पैकारा कोठामा राति–राति आउने, फोन र म्यासेज गर्ने र आफूसँग रात नबिताए जागिर नै खाइदिने भन्दै धम्काउने गरेकोे बताइन् । उनले भनिन्, ‘कार्यालयमा हाजिर भएदेखि नै रातभरि फोन गर्ने, विभिन्न म्यासेज गर्ने, राति कोठामा सुत्न आउँछु भन्ने जस्ता म्यासेज आयो । मैले सुरुमा त कुनै रिप्लाई नै दिइनँ । म्यासेज गरेको भोलिपल्ट कार्यालयमा हाजिर हुन जाँदा हाजिरकपी नै नदिने, राति कोठामा आउन दिने भए मात्रै हाजिर गर्न दिन्छु भन्ने जस्ता विभिन्न तुच्छ शब्द प्रयोग गरे ।’ यही कारण उनले असोज महिनादेखि कार्यालयमा हाजिर हुन जान नसकेको बताइन् । 

पालिकामा कार्यरत महिला कर्मचारीमाथि प्रशासकीय अधिकृतले गरेको हर्कतबारे पालिका प्रमुख शेरबहादुर सुनुवारले प्रदेश मुख्य सचिवको सचिवालयबाट फोन आएपछि मात्रै थाहा पाएको बताए । उनले भने, ‘पालिकामा कार्यरत कर्मचारीले मलाई सुरुमा केही जानकारी नै गराएनन् । आफ्नो पालिकामा कार्यरत कर्मचारीमाथि यस्तो घटना हुनु दुःखद हो ।’ गाउँपालिकाकै बदनाम हुने गरी भएको घटनाप्रति गम्भीर रहेको र कर्मचारीलाई सोधपुछ गर्ने उनले बताए । दुवैजनालाई आवश्यक कारबाहीका लागि मन्त्रालयमा लेखी पठाउने पालिका प्रमुख सुनुवारले बताए ।

महिला कर्मचारीमाथिको घटना सहिनसक्नु : उपाध्यक्ष

महिला कर्मचारीमाथि प्रमुख प्रशासकीय अधिकृतले गरेको हर्कतले सिंगो गाउँपालिकाकै बेइज्जत भएको गाउँपालिकाकी उपाध्यक्ष उर्मिलाकुमारी बस्नेतले जानकारी दिइन् । उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृतले एक महिला कर्मचारीमाथि गरेको यो व्यवहार सहिनसक्नु छ । पीडित कर्मचारी र उनका परिवारले समेत सबै कुरा बताएका छन् । म यस विषयमा गम्भीर भएर लागेको छु ।’ प्रमुख प्रशासकीय अधिकृत पैकारालाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्ने उपप्रमुख बस्नेतले बताइन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकाराले महिला कर्मचारीमाथि दुव्र्यवहार नगरेको बताए । उनका परिवारको करकापले अन्तै विवाह गरेकाले कार्यालयमा हाजिर हुन नसकेको बताए । उनले भने, ‘कार्यालयमा हाजिर नभएसम्म अन्यत्र सरुवा भएर जाने सहमति पत्र दिन मिल्दैन । कार्यालयमा नआएसम्म उसलाई सहमति पत्र दिन्नँ ।’