१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
हदिश खुद्दार जनकपरधाम
२o८१ जेठ ३ बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्धका सहिद परिवारलाई मधेस प्रदेशले तीन लाख दिने 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:४५:oo

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादी जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेस प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई सो रकम प्रदान गर्न लागेको हो । 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत शाहका अनुसार पहिलो चरणमा जनही एक लाख र दास्रो चणमा दुई लाख गरी जम्मा तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । त्यसका लागि मन्त्रालयले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखी जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएकाहरूको यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिलेसम्म सबै जिल्लाबाट जनयुद्धका सहिद तथा ज्यान गुमाएकाहरूको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेस प्रदेशबाट करिब ६ सयले जनयुद्धका क्रममा ज्यान गुमाएका छन् ।’

मधेस आन्दोलनका क्रममा सहिद भएका परिवारलाई मधेस प्रदेश सरकारले गत माघ ५ गते बलिदानी दिवसको अवसरमा तीन लाखको दरले सहयाेग रकम प्रदान गरेको थियो । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच सहिद परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए । 

ad
ad