मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ २२ शनिबार १०:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

घलेगाउँमा हिउँ खेल्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ २२ शनिबार १०:०१:००

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटक घलेगाउँ पुगेका छन् । दुई दिनदेखि निरन्तर हिमपात भएको घलेगाउँमा हिउँ खेल्न छिमेकी जिल्ला तनहुँसहित जिल्लाका आन्तरिक पर्यटकहरू घलेगाउँ पुगेका हुन् । बिहीबार रातिदेखि हिउँ परेपछि हिउँ खेल्न शुक्रबार सदरमुकाम बेँसीसहरकी शारदा खनियाँको ६ जनाको परिवार घलेगाउँ पुगेका छन् । शारदा भन्छिन्, ‘हिउँ खेल्नकै लागि घलेगाउँ आएको हो । जीवनमै पहिलोपटक हिउँमा खेल्दा आनन्द महसुस भयो ।’

उनी मात्र होइन, लमजुङ खुदीकी रश्मी तामाङ पनि हिउँ खेल्नकै लागि शुक्रबार घलेगाउँ गएको बताउँछिन् । उनीसँगै १५ जनाको समूह हिउँ खेल्नकै लागि घलेगाउँ पुगेका हुन् । बेँसीसहर ८ को कालिका चोकका आल्मुनियमको व्यापार गर्ने दम्पती हीराजंग तामाङ र ज्ञानु तामाङ पनि गाडी रिजर्भ गरेर १० जनाको परिवार हिउँमा खेल्न र हिउँको वातावरण हेर्न घलेगाउँ पुगेका छन् । 

भारी हिमपात भएपछि घलेगाउँमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । घलेगाउँमा यसअघि माघ १२ गते हिमपात भए पनि ८ वर्षपछि बाक्लो हिउँ परेको उनको भनाइ छ  । घलेगाउँका पर्यटन व्यवसायी यमुना घले हिमपातपछि हिउँ र चिसोले जनजीवन प्रभावित भए पनि गाउँमा पर्यटक आउँदा खुसी लागेको बताउँछिन् । घलेगाउँसँगै मर्स्याङ्दीको सिउरुङ, हर्सिङडाँडा, बेँसीसहरनजिकैको खाँचे, वनक्षेत्र, दूधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।