१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Monday, 01 July, 2024
२o७८ माघ २० बिहीबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जनमत पार्टीका कार्यकर्ताद्वारा ट्यांकर तोडफोड, १९ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १८:१८:oo

पूर्व–पश्चिम राजमार्ग बन्दको उल्लंघन गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार दिउँसो चोहर्वामा तेल लोड भएको ट्यांकर तोडफोड गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरूले नरहा गाउँपालिका– ३ चोहर्वा खण्डमा विराटनगरतर्फ जाँदै गरेको ना. ४ ख १७९८ नम्बरको ट्यांकर तोडफोड गरेका हुन् । 

प्रहरीले ट्यांकर तोडफोडसहित सवारीसाधनको आवागमनमा अवरोध पुर्याएको आरोपमा १९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार पक्राउ गरिएकाहरूलाई मिर्चैया, गोलबजार, धनगढी, लहानलगायतका प्रहरी इकाइमा राखिएको छ । 

राजमार्गमा जनमत पार्टीका कार्यकर्ताहरूले तेल लोड भएको टयांकरमा तोडफोड गर्न थालेपछि रोक्न खोज्दा जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी हबल्दार घाइते भएको उनले बताए । प्रदर्शनकारीले हानेको ढुंगाले खुट्टामा चोट लागेर घाइते भएका हबल्दारको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जनमतको माग 
किसानको माग सम्बाेधन गर्न उच्चस्तरीय समिति गठन गरिनुपर्ने, समयमै मलखाद र बिउबिजनको व्यवस्था गरिनुपर्ने माग जनमत पार्टीको छ । निःशुल्क बिजुलीको व्यवस्था गरी सिँचाइको प्रबन्ध गरिनुपर्ने, हावाहुरी र वर्षाका कारण क्षति भोगेका किसानलाई राहतको व्यवस्था गरिनुपर्ने, कृषि उत्पादनको उचित मूल्य निर्धारण गरिनुपर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गरिनुपर्ने माग उनीहरूको छ । 

किसानलाई कार्डको व्यवस्था गरी सोही कार्डको आधारमा सीमानाकाको बजारबाट सामान ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गरिनुपर्ने, स्वतः बाली बिमाको व्यवस्था गरिनुपर्ने माग जनमत पार्टीको छ ।

ad
ad
ad
ad