१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १७:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रकचालकहरूद्वारा क्यानडामा प्रदर्शन, भ्याक्सिन अनिवार्य गरिएकोमा आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

क्यानडाको राजधानी ओटावामा ट्रकचालकहरूले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रकचालकका लागि लागू गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरूले ती नियमहरू खारेज गर्न माग गरेका छन्। अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रकचालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रकचालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ। उनीहरू झन्डै एक लाख २० हजार रहेको र तीमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ।

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन्। ट्रकचालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन्। प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरूले बताएका छन्। एएनआई