
जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकसँग २५ हजार रुपैयाँ धरोटी माग गरेको छ। न्यायाधीश खेमराज भट्टको इजलासले पाठकसँग धरौटी माग गरेको हो।
पाठकले कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीरको लगानीको विषयमा प्रसारण गरेको समाचारको विषयलाई लिएर उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाइएको हो।
पाठकले युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरी जयवीरको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी अफवाह फैलाई चरित्र हत्या गरेको आरोप लगाइएको छ।