क्यानडाको राजधानी ओटावामा ट्रकचालकहरूले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रकचालकका लागि लागू गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरूले ती नियमहरू खारेज गर्न माग गरेका छन्। अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रकचालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रकचालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ। उनीहरू झन्डै एक लाख २० हजार रहेको र तीमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ।
राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन्। ट्रकचालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन्। प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरूले बताएका छन्। एएनआई
ट्रकचालकहरूद्वारा क्यानडामा प्रदर्शन, भ्याक्सिन अनिवार्य गरिएकोमा आपत्ति
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
३ हप्ता अघि
इमरान खानकी बहिनी पक्राउ
४ हप्ता अघि
सुझावित समाचार
टाइगर श्राफमाथि गोली प्रहारको घटनामा तीनजना पक्राउ
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनामा तीन संदिग्ध व्यक्ति पक्राउ परेका छन्। रेलमा यात्रा गरिरहेको अवस्थामा राजस्थानक…
रोहिंग्याको दमनविरुद्ध मुस्लिम देशहरू किन दरिलोसँग आवाज उठाउन सक्दैनन् ?
इस्लामिक सहयोग संगठनले आफ्नो सदस्य नभएका सरकारहरूमार्फत रोहिंग्याविरुद्ध गरिएको दुर्व्यवहारलाई पनि चुनौती दिनुपर्छ
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु
इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्…
ट्रम्पसँग तनावपछि युक्रेनी सेनाको स्टारलिंक इन्टरनेटमा पहुँच सीमित
रुसले युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्दा अमेरिकाले विगतमा दिनेजस्तो आक्रमणको पूर्वसूचनासमेत युक्रेनी पक्षलाई दिएन
म्यानमारमा ‘स्क्याम सेन्टर’ चलाउने तीन चिनियाँलाई मृत्युदण्ड
बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डक…
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…