१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितपुर महानगरपालिकामा सिसिटिभी जडान गर्न महानगरीय प्रहरीसँग सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३१:oo

ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा सञ्चालनका लागि सम्झौता भएको छ। सोमबार ललितपुरमा एक कार्यक्रमका बीच महानगरका मेयर चिरीबाबु महर्जन र परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सिसिटिभी जडान गर्ने नीति लिएको बताए। उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमा समेत सिसिटिभी जडान र व्यवस्थापन गर्दै आएको उल्लेख गरे। महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरले सहयोग गर्दै आएको भन्दै महानगरले जडान गरेको सिसिटिभी नेपाल प्रहरीको केन्द्रीय सिसिटिभी प्रणालीमा जडान गर्नुपर्ने बताए।

त्यस्तै परिसरका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग भएकाले प्रहरीलाई स्थानीय सरकारको सहयोग अवश्यक गर्ने बताए।

ad
ad