मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Saturday, 12 July, 2025
एजेन्सी इस्लामावाद
२o७८ माघ १४ शुक्रबार १३:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबानसँग पाकिस्तान निराश

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामावाद
नयाँ पत्रिका इस्लामावाद
२o७८ माघ १४ शुक्रबार १३:५८:oo

पाकिस्तान सरकारले अफगानिस्तानको तालिबानले पाकिस्तानविरोधी आतंकवादी समूहहरूलाई सुरक्षा दिएको भन्दै निराशा व्यक्त गरेको छ। संगठित आतंकवादी सञ्जालहरू अझै पनि अफगानिस्तानमा सक्रिय रहेको टिप्पणी गर्दै पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले चिन्ता व्यक्त गरेका छन्।   

राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले विदेश मामिलासम्बन्धी पाकिस्तनको राष्ट्रिय सभा स्थायी समितिलाई जानकारी दिँदै अफगानिस्तानमा प्रतिबन्धित तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) को उपस्थितिबाट पाकिस्तानलाई खतरा हुन सक्ने जानकारी दिए। ‘संगठित आतंकवादी नेटवर्कहरू अफगानिस्तानमा अझै पनि सक्रिय छन् र अफगानिस्तानको माटो अझै पनि पाकिस्तानविरुद्ध प्रयोग भइरहेको छ,’ युसुफले भने, ‘पाकिस्तान सरकार अफगानिस्तानमा तालिबान सरकार आएपछि पूर्ण रूपमा आशावादी छैन र  हामीसँग जोडिएका सबै समस्याको पूर्ण समाधानको अपेक्षा गर्ने अवस्था छैन।’ 

गत अगस्ट १५ मा अफगानिस्तानको सत्तामा तालिबान पाकिस्तानमा आतंकवादी हमलामा वृद्धि भएको उनको टिप्पणी थियो।  तालिवान सरकार पाकिस्तानप्रति नरम भएको चर्चा भइरहेका वेला इस्लामावादको कडा टिप्पणी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानले आतंकवादी समूह टिटिपीविरुद्ध कारबाही गर्नुको सट्टा पाकिस्तानलाई उनीहरूसँग वार्ताका लागि दबाब दिएको छ। 

टिटिपीले नोभेम्बर ९ मा एक महिना लामो युद्धविरामको घोषणा गर्दै आफ्नो सर्तअनुसार सरिया कानुनको कार्यान्वयन पक्राउ परेका सबै विद्रोहीहरूलाई रिहा गर्नुपर्ने सर्त राखेको थियो। सरकारले माग पूरा गर्न अस्वीकार गरेको छ भने उक्त समूहले पनि युद्धविराम लम्ब्याएन। 

राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले टिटिपीले एकतर्फी युद्धविराम सम्झौता खारेज गरेको बताउँदै मुलुकलाई युद्धमा धकेल्ने समूहलाई कडा कारबाही गर्ने चेतावनी दिए। पाकिस्तानी तालिबानका रूपमा चिनिने उक्त समूहको सर्त पालना नहुने युसुफको भनाइ थियो। यो समूह अलकायदासँग निकट रहेको मानिन्छ। 
टिटिपी समूह पाकिस्तानमा सन् २००९ मा सेनाको मुख्यालयमा भएको आक्रमण, सैन्य अड्डाहरूमा भएको आक्रमण र २००८ मा इस्लामावादको मेरियट होटेलमा भएको बम विस्फाेटलगायतका थुप्रै घातक हमलाहरूका लागि दोषी ठहर भएको छ।