मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार o८:४७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार o८:४७:oo

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आगामी १० देखि १४ चैतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौँ संस्करण आयोजना गर्ने भएको छ । महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सयभन्दा बढी चलचित्र प्राप्त भए पनि ३८ देशका ८९ चलचित्र मात्रै महोत्सवमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ । निफ चलचित्र छनोट समितिले सिफारिस गरेको आधारमा आवेदन प्राप्त चलचित्रमध्येबाट ती चलचित्र छनोट गरेको प्रतिष्ठानले जनाएको छ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्मको आवेदन परेको थियो । यस वर्षको महोत्सवमा ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारा दिइएको छ । महोत्सव काठमाडौंमा हुनेछ । ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार नगद पुरस्कारसहितको ‘वेस्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ ।