मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७८ माघ १२ बुधबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीबाट जुवा खेलिरहेका १२ जना पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ १२ बुधबार १०:५८:००

सर्लाहीको बागमतीबाट प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ ।  मंगलबार राति ११ बजेको समयमा सुराकीको आधारमा पुगेको प्रहरी टोलीले बागमती– ३ साबिक ढुग्रेखोला ७ बाट जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  प्रहरीले जुवा खालबाट चार लाख ८४ हजार ५० रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । 

पक्राउ पर्नेहरूमा बागमती नगरपालिका– ३ धरहराका जुवाखाल सञ्चालक संचर भनिने ३४ वर्षका ढलकबहादुर तामाङ, सोही स्थानका ३९ वर्षका गौरिशंकर साह, ३४ वर्षका जि बहादुर बमजन, बसबरिया गाउँपालिका– ५ का ३३ वर्षका रामज्ञान राय, ३२ वर्षका सन्तोष साह, ५० वर्षका छेदु साह, हरिवन नगरपालिका– १० बस्ने ३२ वर्षका साजन पौडेल, २८ वर्षका प्रकाश अधिकारी, ५७ वर्षका अर्जुन केसी, बरहथवा नगरपालिका– ५ बस्ने २८ वर्षका जुनैन अन्सारी, बरहथवा– १० का २९ वर्षका रामवीर चौधरी र रौतहटको चन्द्रपुर नगरपालिका– १ बस्ने ५१ वर्षका दिलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । 

जुवा खेलिरहेको सूचना पाउनैबित्तिकै हरिवनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको कमान्डमा टोली पुगेको थियो । प्रहरीको प्रारम्भिक जानकारीअनुसार उक्त स्थानमा लामो समयदेखि अवैध जुवा खाल सञ्चालन हुँदै आइरहेको थियो । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।