मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १२ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १२ बुधबार o६:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १२ बुधबार o६:१८:oo

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले कुपण्डोलको गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ । बजाजको सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने सर्भिसिङ सेन्टरमा ५५ मिनेटमा काम सम्पन्न हुने दाबी गारिएको छ ।
एक दिनमा ८० भन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको सेन्टरमा प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।

नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘नयाँ सर्भिसिङ सेन्टरसँगै यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।’