मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १० सोमबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं जिल्ला अदालतले सेवा संकुचनको समयलाई 'शून्य अवधि' मान्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १७:५१:oo

जिल्ला अदालत काठमाडौंले सेवा संकुचनको समयलाई ‘शून्य अवधि’ मान्ने निर्णय गरेको छ। अदालतले कोरोना संक्रमणका कारण कतिपय सेवा कटौती गर्नुपरेकाले यस अवधिमा   हदम्याद, म्याद र तारेखसमेत नगुज्रने निर्णय गरेको हो।

माघ ५ गते बसेको पूर्ण बैठकले माघ ७ गते राति १२ बजेदेखि अदालतको सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको थियो। अदालतले सेवा संकुचन भएको अवधिमा (माघ १६ सम्म) मुद्दा, रिट तथा निवेदनहरूमा हदम्याद, म्याद र तारेख नगुम्ने जानकारी गराएको हो।