१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १०:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङ निर्माणको काम ४० प्रतिशत सकियो, समग्र भौतिक प्रगति ३० प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १०:२६:००

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको सुरुङ निर्माणको काम ३९ दशमलव ६६ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । यसअघि २७ मंसिरमा भौतिक प्रगति २५ प्रतिशत थियो ।  

अडिट र मुख्य गरी कुल पाँच हजार चार सय ९९ मिटर लम्बाइ सुरुङ खन्नुपर्नेमा दुई हजार एक सय ८१ मिटर खनिसकिएको छ । आयोजनाले मुख्य सुरुङ ०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) जानकारी दिएको छ । त्यसअघि ०७८ चैतभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको छ । 

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म सात सय ३६ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ एक हजार एक सय ७६, वर्किङ अडिट एक सय २६ र क्रस प्यासेज ४३ मिटर सम्पन्न भइसकेको छ । कुल इभ्याकुएसन, वर्किङ र क्रस प्याकेज क्रमशः दुई हजार पाँच सय ५७ मिटर, एक सय २६ मिटर र एक सय २८ मिटर रहेको छ । ‘खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ एक हजार एक सय ४५ मिटर र धादिङतर्फ एक हजार ३५ मिटर सम्पन्न भएकोे छ । 

यसबाहेक संरचना निर्माणतर्फ चारवटा बक्स कल्भर्टमध्ये सबै सम्पन्न भएका छन् । एउटा अन्डरपास सम्पन्न भइसकेको छ । आयोजनाले कुल दुईवटा अन्डरपास बनाउने योजना छ । त्यस्तै, ओभर पास एउटा निर्माण सम्पन्न भइसकेको जानकारी दिएको छ । त्यस्तै, तीनवटा पुल निर्माणमध्ये दुईवटा सकिएको छ भने फ्लाई ओभर निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको छ । कुल ११ वटा संरचना निर्माण गर्नुपर्नेमा अहिलेसम्म आठवटा सम्पन्न भइसकेका छन् । 

नागढुंगा सुरुङ ०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनाको मोबिलाइजेसन पेस्कीसमेत गरेर ३७ प्रतिशत आर्थिक प्रगति भएको छ । आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्वमा जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ ।