मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ८ शनिबार १९:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत–मध्य एसिया शिखर सम्मेलन हुँदै

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ८ शनिबार १९:४१:००

भारतले पहिलोपटक भारत–मध्य एसिया शिखर सम्मेलन आयोजना गर्न लागेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा जनवरी २७ मा मध्य एसियाली मुलुकसँग भारतको पहिलो भर्चुअल सम्मेलन हुन लागेको हो । 

सम्मेलनमा कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका राष्ट्रपतिहरू सहभागी हुने तय भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले पहिलोपटक सम्मेलनको आयोजना गर्न लागेको हो । 

भौतिक उपस्थितिमा नै २६ जनवरीमा सम्मेलन गर्ने भारत सरकारको तयारी भए पनि कोरोना महामारीका कारण भर्चुअल सम्मेलन हुन लागेको हो । शीर्ष नेताहरूले भारत–मध्य एसिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने कदमहरूबारे छलफल गर्ने भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूबीच अफगानिस्तानलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गर्ने अपेक्षा छ । विशेष गरी विकसित क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल हुने भारतीय अधिकारीहरूले जनाएका छन् । यसअघि भारत–मध्य एसिया संवादको सुरुवात विदेशमन्त्रीस्तरमा मात्रै भएको थियो । 

विदेशमन्त्रीस्तरीय बैठक तीनपटक भइसकेको छ । पछिल्लो बैठक डिसेम्बर १८–२०, २०२१ मा नयाँ दिल्लीमा भएको थियो । सरकार प्रमुखको स्तरमा सम्मेलन पहिलोपटक हुन लागेको छ । 

इजरायल– प्यालेस्टाइन मुद्दामा चासो
भारतले इजरायल र प्यालेस्टाइनबीचको विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिँदै दुई राज्यको अवधारणा दोहोर्याएको छ । इजरायलसँग शान्तिपूर्ण रूपमा रहने गरी स्वतन्त्र राज्यका रूपमा प्यालेस्टाइन रहनुपर्नेमा भारतले स्पष्ट पारेको छ । 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को ओपन डिबेटमा राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले स्पष्ट सीमारेखासहित शान्तिपूर्ण सहअस्तित्वका स्वतन्त्र इजरायल र प्यालेस्टाइन कायम हुनुपर्ने मान्यतालाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्नेमा जोड दिएका छन् ।