मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन : निर्वाचनको तयारीमा लाग्न निर्देशन (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १७:१५:००

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सम्बोधनका क्रममा उनले आफूले सरकारको नेतृत्व गरेपछि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने, आपूर्ति व्यवस्था सुधार गर्ने, महँगी नियन्त्रण गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको दाबी गरेका छन्।

'यस अवधिमा विगत दुई वर्षदेखि कोभिड–१९ का कारण संकटग्रस्त उद्योग र सेवा व्यवसायको उत्थान गर्न र श्रमजीवी, विपन्‍न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याइएको छ। बाढी, पहिरो, आगलागी तथा बेमौसमी वर्षाका कारण विपद्‍मा परेका जनतालाई उद्वार गरी राहत उपलब्ध गराउने, सुरक्षित बसोबास र पुनःस्थापना गराउने तथा नष्ट भएको धानबालीको क्षतिपूर्तिका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अघि बढाइएको छ। रूपान्तरणकारी र विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको छ,' सम्बोधनका क्रममा देउवाले भने।

उनले संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद गरी संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने बताए।

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ :