
कोरोना संक्रमण बढेपछि पूर्वाञ्चल विश्वविद्यालयले परीक्षाहरू स्थगित गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएको जानकारी गराएको हो।
माघ मसान्तसम्मका सबै संकायअन्तर्गतका परीक्षाहरू स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ। कोरोना संक्रमण बढ्न थालेपछि सरकारको निर्देशनबमोजिम त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षाहरू स्थगित गरिसकेका छन्।