१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Monday, 12 May, 2025
२o७८ माघ ७ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार ११:३४:oo

मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले सम्पूर्ण परीक्षाका कार्यक्रम स्थगित गरेको हो।

परीक्षा व्यवस्थापन कार्यालयले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिएकाले सञ्चालन भइरहेका र हुने सबै परीक्षाका कार्यक्रम स्थगन गरेको विश्वविद्यालयअन्तर्गत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिए।

‘अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा केही संकायको परीक्षा भइरहेको थियो भने, केही संकायको परीक्षा हुने तय थियो। ती सबै स्थगन भएका छन्।’ स्थगन भएका परीक्षाहरू महामारी नियन्त्रणमा आउना साथ पुनः सञ्चालन हुने विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ।