बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरूले उक्त सेवाहरूमा छुट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरू, ८४ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।