महिन्द्रा ट्रयाक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा

मंगलबार, ४ माघ, २०७८
डिजिटल संस्करण
महिन्द्रा ट्रयाक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा

हेटौँडाका विजेता श्रीनिवास कन्स्ट्रक्सनका प्रतिनिधिलाई उपहार प्रदानपछि उद्योग वाणिज्य महासंघका सदस्य ज्ञानुप्रसाद न्यौपाने, कृषि ज्ञान केन्द्रका प्रवक्ता मीनबहादुर पुन र चितवन अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष कुलबहादुर क्षेत्री ।

नेपालमा महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले दसैँ–तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरेर सञ्चालन गरेको उपहार योजनाको बम्पर पुरस्कार विजेता छानेको छ । कम्पनीले ‘महिन्द्रा उत्सव’ नाराका साथ सञ्चालन गरेको योजनामा आफ्ना पाँचवटा शाखाबाट पाँचजना विजेता छानेको हो । 

जसअनुसार ताप्लेजुङका किरण नेपाली, जनकपुरका सास स्टिल प्रालि, वीरगन्ज भवानीपुरकी मीनादेवी, हेटौँडाको श्रीनिवास कन्स्ट्रक्सन र नेपालगन्जको बडैयाताल पशुपछी तथा एग्रो फार्म विजेता बनेको कम्पनीले जनाएको छ । योजनाअनुसार बम्पर पुरस्कारमा पाँच केभिए डिजी (डिजेल जेनेरेटर) राखिएको छ । योजना भदौ १६ देखि मंसिर १५ सम्म लागू गरिएको कम्पनीले जनाएको छ । 

योजनाअन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारका रूपमा महिन्द्रा  रोटाभेटर (ट्र्याक्टरमा जोडिने अतिरिक्त खेती उपकरण) मा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्मार्ट एलइडी टिभीका साथै एक जनाका लागि पाँच लाखबराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको थियो । 

सुझावित समाचार