मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ माघ ३ सोमबार १o:५६:oo
Read Time : < 1 मिनेट
समाचार

आजदेखि काठमाडौंमा बुस्टर डोज खोप लगाउन सुरु, कहाँ-कहाँ लगाउन पाइन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार १o:५६:oo

आजदेखि काठमाडौंमा बुस्टर डोज खोप अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले करिब १७ स्थानबाट बिहान १० बजेदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेको हो। 

पहिलो चरणमा बुस्टर डोप खोप अग्रपंक्तिमा खटिनेलाई लगाइनेछ। जसअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, विमानस्थलभित्र र एयरलाइन्सका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरू पर्दछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि नै देशभर बुस्टर डोज खोप लगाउन सुरु गर्न निर्देशन दिए पनि पूर्वतयारी नभएकाले केही जिल्लाहरूले आजदेखि खोप कार्यक्रम सुरु गरेका हुन्। उपत्यकाभित्र ललितपुरले आइतबारदेखि बुस्टर खोप लगाउन सुरु गरे पनि काठमाडौं र भक्तपुरले आजदेखि सुरु गरेका हुन्।

कहाँ-कहाँबाट लगाउन पाइन्छ बुस्टर खोप ?

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लाभित्र १७ स्थान र दुईवटा नगरपालिकाबाट बुस्टर खोप लगाउन सुरु गरिएको छ। जसमा सुभेक्षा अस्पताल सीतापाइला, पिपुल्स डेन्टर कलेज गोंगबु, टिचिङ अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी प्रहरी अस्पताल, सैनिक अस्पताल, प्रसूतिगृह, वीर अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल सिनामंगल, बयाेधा अस्पताल बल्खु, एपेक्स पोलिक्लिनिक जडीबुटी, सहिद मेमोरियल कलेज कलंकी र नयाँ बसपार्कभित्रबाट खोप लगाइँदै छ।

त्यस्तै, टोखा र दक्षिणकाली अस्पतालले पनि वडा कार्यालय र नगरपालिकाको कार्यालयबाट खोप लगाउन सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफलेले बताए। उनका अनुसार भेरोसिल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीनथरी खोप लगाउन थालिएको हो। बुस्टर डोज सँगसँगै पहिलो र दोस्रो डोप खोप पनि लगाउन सुरु गरिएको छ। जहाँजहाँबाट बुस्टर डोज लगाइँदै छ त्यहाँ–त्यहाँबाट पहिलो र दोस्रो डोप खोप लगाउन सकिनेछ।