१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ २ आइतबार २०:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा प्रदर्शन     

Read Time : < 1 मिनेट
२०७८ माघ २ आइतबार २०:१५:००

फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। राजधानी पेरिसलगायतका सहरमा भेला भएका हजारौँ सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्।

आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको विरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले फ्रान्समा किशोर किशोरीहरूलाई खोपका बारेमा जानकारीसमेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन्। प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अस्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अस्ट्रेलियाली सरकारविरुद्धसमेत नारा लगाए।

फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठूलो प्रदर्शन भएको बताइएको छ। प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ। फ्रान्समा कोरोनाविरुद्धको खोप नलाउनेको संख्या उल्लेख्य छ। यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो।