युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय कालीप्रसाद चौधरी र प्रभातकुमार चौधरीले संयुक्त रूपमा एकीकृत कारोबार भएको घोषणा गरे। 

दुवै संस्था एक–आपसमा गाभिएपछि सबै कारोबार अबदेखि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ। मर्जपछि संस्थाको अधिकृत पुँजी रु. २० करोड पुगेको छ। कार्यक्रममा युनिक लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले एकीकृत कारोबार गर्ने भएपछि युनिक वित्तीय संस्थाको सदस्य थप भएको, पुँजी थप भएको बताउँदै आजको दिन संस्थाका लागि सुनौलो दिन रहेको बताए। घोडीघोडाको अध्यक्ष प्रभातकुमार चौधरीले यसले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। मर्जर समितिका संयोजक शिवबहादुर चौधरीले दुइटा संस्था एक भएर अगाडि बढ्दा सेयर होल्डर, सदस्यको पुँजी सुरक्षित हुने कुरा विश्वास व्यक्त गरे। 

See More On

सुझावित समाचार