राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट एक सहकारी र दुई कृषक सम्मानित

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

चितवनका दुई कृषकसहित एक सहकारीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । कृषि ज्ञान केन्द्र, चितवनमार्फत व्यावसायिक तरकारी खेती गर्ने भरतपुर महानगरपालिका– २५ का शोभाकान्त भुसाल, रत्ननगर नगरपालिका– १२ का केराखेती गर्ने कृषक शंकरप्रसाद सुवेदी र भरतपुर महानगरपालिका– ६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थालाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । 

कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार कृषि ज्ञान केन्द्रले हरेक वर्ष तीनजना किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ । पुरस्कृतका लागि केन्द्रले यसअघि किसानहरूसँग दरखास्त आह्वान गरेको थियो । जसमा कृषितर्फ १० र पशुपन्छीतर्फ पाँच गरी १५ जनाले निवेदन दिएको अर्यालले बताए । 
 

सुझावित समाचार