१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०९:१३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स विश्व जुनियर वरीयताको शीर्षस्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०९:१३:००

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् ।

गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो ।

विश्व जुनियर वरीयतामा यसअघि प्रिन्स सातौँ र ११औँ स्थानमा रहेका थिए । प्रिन्सको वरीयतामा १० हजार चार सय अंक छ । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन ।

मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा तथा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन् । प्रिन्स जुनियर वरीयतामा डबल्सतर्फ नवौँ स्थानमा रहेको छ । जुनियरमै रसिला महर्जन एकलमा १९औँ स्थानमा तथा डबल्समा सातौँ स्थानमा रहेकी छिन् ।