मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:०१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केएमसीविरुद्ध सात विद्यार्थी संगठनको प्रदर्शन रिले अनशन जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:०१:००

चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क मागेपछि पीडित विद्यार्थीसहित अन्य विद्यार्थी संगठनले आन्दोलन गरेका हुन् ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमन र ठगी र ज्यादतीविरुद्ध सात संगठनले बुधबार प्रदर्शन गरेको बताए । सात विद्यार्थी संगठनले प्रदर्शनमा केएमसीमा जारी रिले अनशन र आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । 

आन्दोलनमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँआबद्ध छन् । यी विद्यार्थी संगठनले नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै मंगलबार गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिई एमबिबिएस, बिडिएसमा अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुल्क मागेर नोबेल र केएमसीले सन् २०२१ ब्याचका विद्यार्थीलाई अध्ययनबाट समेत वञ्चित गराएका छन् ।

सात विद्यार्थी संगठनले आयोगले तोकेभन्दा बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजमाथि छानबिन गर्न र ठगीविरुद्ध कानुनबमोजिम कारबाहीका लागि पनि ध्यानाकर्षण गराएका छन् । 

केएमसी र नोबेल मेडिकल कलेजका विद्यार्थी झन्डै महिनादिनदेखि आन्दोलनमा छन् । अतिरिक्त शुल्क नतिर्ने र चर्को होस्टेल शुुल्क तिर्न नमान्ने विद्यार्थी पढाइबाट समेत वञ्चित भएका छन् ।