१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख १९ बुधबार १९:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामो अन्तर्वार्ता लिएर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे विश्व रेकर्ड

Read Time : > 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख १९ बुधबार १९:५८:oo

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङ्फिन्जो शेर्पाले विश्व कीर्तिमान बनाएका छन् ।  पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

‘पर्यटन र जनवायु परिर्वतनका असर विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गएको कात्तिक २२ गते सोमबार बिहान ७:३५ बजे सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९: ०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौंमा आयोजना गरिएको थियो । निरौला हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुन् भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुन् । निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले सोमबार मान्यता दिएको छ ।

अधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताए । आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुसी लागेको उनको भनाइ छ । 

पर्यटनविद् आङ्फिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे ।  विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायु परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तर्वार्तामार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको न्यूनीकरणमा विश्वको ध्यानाकर्षित गर्ने उद्देश्यले उक्त अन्तर्वार्ताको आयोजना गरिएको उनको भनाइ छ ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेलविज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो। सोलुखुम्बुका पत्रकार निरौलासँग पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पासँग पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ ।
 

ad
ad