मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका आलिया खान
२o७८ पौष १८ आइतबार १३:२५:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
नयाँ पत्रिका, आलिया खान
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार १३:२५:oo

कोभिड– १९ले विगत दुई वर्षमा धेरैजसो मानिसको जीवन प्रभावित बनाएको छ । हाम्रा कार्यालय र घरहरू पुस्तौँमा हुने परिवर्तनबाट गुज्रिरहेका छन् । हामीले लगाउने पहिरन पनि बदलिइरहेको छ । सँगसँगै पहिरनको छनोटले कसरी हाम्रो मूल्यलाई प्रतिबिम्बित गर्छन् र अर्थतन्त्रलाई समेत प्रभावित बनाउँछन् भन्नेमा पनि परिवर्तन भइरहेको छ । आगामी दिनमा पनि मास्कको प्रयोग र सुरक्षित जीवनशैलीले निरन्तरता पाउनेछ ।

रोचक त के भने महामारीका कारण सिर्जना भएको जीवनशैली मुस्लिम परम्पराअनुरूप बाँचिरहेकाले सधैँ पालना गर्दै आएका थिए । आडम्बरविहीन जीवनशैली पनि भनिने मुस्लिम पहिरनको बजार झन्डै २० खर्ब डलरको छ । मुस्लिमहरू सम्मानित जीवनका लागि सुन्दरतासँगै शिष्टतालाई पनि अंगीकार गर्छन् । महामारीमा धेरै मानिसले अनुहार ढाकेर हिँड्न थालेका छन् । मेरो विश्वासमा यसले इस्लामिक फेसनले सधैँ प्रदान गर्दै आएको फाइदालाई प्रकाश पारेको छ । यसले इस्लामिक पहिरनप्रति कायम पूर्वाग्रहको भावनालाई हटाउन पनि सघाउन सक्छ । मलाई के विश्वास छ भने यसले इस्लामिक फेसनलाई थप विश्वव्यापी बनाउन सघाउनेछ ।

आडम्बरविहीन जीवनशैलीप्रति मुसलमानहरूको दृढप्रतिबद्धताको स्रोत कुरानका ती आयात हुन् जहाँ नांगा एडम र इभले सचेत भएपछि शरीर ठाक्छन् । इस्लामिक फेसनले शुद्धतालाई प्रतिबिम्बित गर्ने भएकाले मुसलमानहरूको व्यावहारिक पक्ष पनि पूरा गर्छ । यद्यपि, मुसलमानहरूको पहिरन अक्सर आक्रमणको निशाना बन्ने गरेको छ । पश्चिमी विश्वले आफ्नो शरीर छोप्ने मुसलमान महिलालाई कमजोर र दमित भन्छ । कैयौँ ठाउँ हिजाब प्रतिबन्ध लगाउने अभियान चलेका छन् । जब कि विभिन्न पेसाकर्मी तथा धार्मिक व्यक्तिहरूले पहिलेदेखि नै गौरवका साथ टाउको र अनुहार छोप्दै आएका छन् ।शल्यचिकित्सक, नर्स र बेकरहरूले अरू व्यक्तिको स्वास्थ्य–सुरक्षालाई ध्यान दिएर यस्तो कदम उठाउँछन् । त्यसबाहेक यहुदी, क्याथोलिक, शिख, हिन्दू र बौद्ध धर्मावलम्बीले पनि विभिन्न अवसरमा टाउको छोप्छन् । मदर टेरेसालाई उनको हेड स्कार्फ हटाउन बाध्य पारेको कल्पना गर्नुस् न ।

धुलो र धुवाँलाई छान्न पनि सघाउने इस्लामिक फेसनका व्यावहारिक तथा विज्ञानसम्मत फाइदाहरू छन् । अनुहार छोप्ने पहिरन सबैले लगाउँदैनन्, तर सानो संख्याका मुसलमान महिला जसले यसको प्रयोग गर्छन्, तिनका अनुसार यी पहिरनले सुरक्षित बन्न र पहिचान लुकाउन सघाउँछन् । सार्वजनिक यातायातमा यसले जति सुरक्षा केहीले दिँदैन । बुर्का कपडाको हुने भएकाले एन– ९५ ले जस्तो सास फेर्न गाह्रो पनि बनाउँदैन । महामारी अवधिभर सुरक्षाको रूपमा लगाइएको मास्क अनुहार छोप्ने पहिरनको स्वीकृति बन्यो । आज अनुहार छोप्नुलाई आफू वरपरका मानिसप्रति सम्मान मानिन्छ । झन्डै एक वर्षसम्म मास्क लगाएको अनुभवका आधारमा केही महिलाले अनुहार छोप्ने मुस्लिमहरूले झैँ सुरक्षित महसुस गरेको बताउन थालेका छन् । विशेषतः यसले अनावश्यक पुरुषको नजरबाट बचाउँछ ।

यद्यपि, फ्रान्सले अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध लगाएको छ । अप्रिलमा फ्रान्सको सिनेटले एक संशोधन पास गर्दै १८ वर्षमाथिका महिलालाई हिजाब लगाउन प्रतिबन्ध लगाएको छ । मुसलमान महिलाले लगाउने भएकाले बुर्किनीलाई समेत खतराका रूपमा हेरिन्छ । जब कि बुर्किनीले दिने अतुलनीय सहजता, स्टाइल र सुरक्षा अरू पौडी खेल्ने पहिरनले दिनै सक्दैन । उता ड्राइभिङ र स्नोक्र्लिङ वा गोताखोरीका लागि पूरा शरीर डाक्ने जुन पहिरन लगाइन्छ, त्यसको कसैले विरोध गरेको पाइँदैन । फ्रान्सले महामारीको समयमा मास्क नलगाउनेहरूलाई एक सय ३५ युरो जरिवाना तोकेको छ । यो निर्णयमा मैले सो देशको दोहोरो मापदण्ड पाएँ । किनकि यो त्यही मुलुक हो जसले अनुहार छोप्ने पहिरन (बुर्का) लगाउने महिलालाई एक सय ५० युरो जरिवाना तोकेको छ ।

दशकौँको आलोचनापछि विश्वले इस्लामिक फेसनलाई अँगालेको देख्दा अनौठो लागेको छ । यो रूपान्तरण, आगामी दिनमा इस्लामिक पहिरनले फेसन र अर्थतन्त्रलाई आकार दिन थप भूमिका निभाउँछ भन्ने सूचक हो । इस्लामिक फेसन तथा डिजाइनमा सरिक हुँदा मैले ‘राम्रो विचार विरलै नयाँ हुन्छन्’ भन्ने बुझेको छु । फेसन तथा डिजाइन उद्योगले सम्बन्ध निर्माण र स्लामिक पहिरनप्रतिको गलत धारणा हटाउन महŒवपूर्ण भूमिका खेल्न सक्ने मैले अनुभव गरेको छु ।

ऐतिहासिक रूपमा पश्चिमी संस्कृतिले अधिकांश समय शालीन पहिरन शैली नै अँगालेको थियो । ठूलो स्तरको उत्पादनले नयाँ, उच्च उपभोग प्रणाली निर्माण गरेपछि मात्र मध्यमवर्गीय उपभोक्ताले छिटो पहिरन शैली बदल्न थालेका हुन् । अहिले छिटो शैली फेर्नु ‘प्रगति’को सूचक मानिन्छ । फेसन उद्योगमा अनुकरण र प्रभावित हुने संस्कृतिको स्थान ठूलो मुनाफा चक्रले लिएपछि शालीनतालाई प्रतिस्पर्धात्मक अंग प्रदर्शनले उछिन्यो । यो रूपान्तरणलाई नारीवादका नयाँ–नयाँ लहरले ल्याएको सामाजिक रूपान्तरणले आंशिक रूपमा सघायो ।

मुस्लिम फेसन पनि परिवर्तनबाट प्रभावित नभएको होइन । तर, इस्लामिक फेसनको मूल बढी स्पष्ट छ । मुसलमान भगवान्ले तिनको विश्वासलाई समयको अन्त्यसम्म बचाइराख्ने वाचा गरेकाले आफ्नो विश्वास टिक्ने विश्वास गर्छन् । मुसलमानका लागि पहिरन त्यही विश्वासको यात्राको हिस्सा हो, ट्रेन्ड होइन । त्यसैले यो निरन्तर बढिरहनेछ । यसलाई अंगाल्नेहरू पुस्तौँ पुस्तादेखि हस्तान्तरण हुँदै आएको जीवनशैलीको सिद्धान्तलाई अँगाल्छन् । मेरा लागि यसको अर्थ जीवनभरको यस पहिरनप्रतिको प्रतिबद्धता हुन्छ । इस्लामिक पहिरन विश्वको सबैभन्दा तीव्र गतिमा फैलिरहेको जनसंख्या समूहले लगाउँछन् । समकालीन हडिउड नायिका जेनिफर लोपेजदेखि विगतका ओड्रे हेपबर्न र ग्रेस केलीजस्ता चर्चित नायिकाले पहिरिएको हेड स्कार्फ लुकले हाम्रो हिजाबलाई देखाउँछ । त्यस अतिरिक्त अहिले पूरा बाहुले, पूरा लम्बाइको, घाँटी छोप्ने, साँझमा लगाइने खुकुलो पहिरन र दिनमा लगाउने उस्तै पहिरन फेसन फोटोग्राफरको आकर्षण बनेको छ ।

इस्लामिक पहिरनले बृहत्तर संस्कृतिमा स्थान बनाउनु उत्साहप्रद छ । ब्रान्डहरूले इस्लामिक फेसनको ठूलो बजार पहिचान गर्न थालेकाले पनि यसको स्वीकारोक्ति र सराहना बढेको हो । फेसन विश्वले शरीरलाई शालीन ढंगले ढाक्ने शैली खोज्न थालेकाले इस्लामिक फेसन मूलधारमा प्रवेश गरिसकेको मान्नुपर्छ । मूलधारका ब्रान्डको शालीन पहिरनको संकलन र अनुकरण बढ्दो छ । नाइकको प्रो हिजाब र डोल्स एन्ड गब्बानाको हिजाब तथा अबाया संकलन यसैको उदाहरण हो । यो स्वीकारोक्तिले अब हामी मुसलमान को हाँै भन्ने बुझाइको माग गर्छ । साथै शालीन जीवनशैली खतरा नभएर गुण हो भनेर बुझ्नुपर्छ ।

सबै अनुकरणले मुसलमान उपभोक्तालाई लक्षित गरेको छैन, तथापि मूलधारका ब्रान्डहरूले शालीन इस्लामिक फेसन कसरी मुस्लिम विश्वासबाट प्रेरित छ भनेर बुझ्दा राम्रो हुन्छ । सन् २०२१ को मेट गालामा किम कार्दशिनले लगाएको सम्पूर्ण शरीर ढाक्ने कालो पहिरनलाई धेरैले मुसलमान महिलाको बुर्कासँग तुलना गरे । तर, त्यति कसिलो र शरीरको आकार नै बदल्ने पहिरनलाई मैले कुनै हिसाबले बुर्काजस्तो देख्न सकिनँ । बुर्कासँग सही तुलना सोही समारोहमा रिहानाले लगाएको हिजाब र अवायाजस्तो देखिने पहिरन हुन सक्थ्यो । तर, इस्लामिक फेसनलाई सम्मान गरेको यो पहिरनलाई टिप्पणीकारले खुट्याउन सकेनन् ।

मेट गालाले एउटा प्रमुख सन्देशलाई थप पुष्टि ग¥यो–मानिसले करबलले मात्र शरीर ढाक्दैनन् । कार्दशिनको पूर्ण ढाकिएको अनुहारको आलोचना नहुनु मुसलमानहरूका लागि ईष्र्यालाग्दो विषय हो । मेट गालामा रिहानाले हिजाब लगाउनु वा केन्डल जेनरको झन्डै–झन्डै नांगो पहिरनले यसको छनोट आलोचनाको आमन्त्रण होइन भन्ने स्मरण गराउँछ । मुसलमानहरूले लामो समयदेखि तिनको पहिरनका लागि आलोचना सहँदै आएका छन् । यसले हाम्रो धार्मिक मूल्यका लागि नयाँ स्तरको सम्मान र अनाक्रमणको अपेक्षा गर्छ ।

एउटा कुरा यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ– विश्वभरका प्रतिष्ठित मुसलमान उपभोक्ता समूह आफ्नो पहिरनमा खोट देख्ने डिजाइनरमा रुचि राख्दैनन् । टाउकोमा हिजाब, तर पेट खुला राख्ने पहिरनको डिजाइनलाई अपमानका रूपमा हेरिन्छ र त्यसले हामीलाई ठगिएको महसुस गराउँछ । मुसलमानहरू इस्लामिक फेसनलाई किन यति महत्व दिन्छन् भन्ने जुन डिजाइनरले बुझ्छन् तिनले इस्लामिक परम्परालाई अपमानित गर्ने होइन, सराहना गर्ने मार्ग अपनाउनेछन् । आज सबै प्रकारले शरीर ढाक्नु विनम्रताको प्रतीक बनेको छ । भलै यो स्वीकारोक्तिका लागि महामारी आउनुप¥यो । मलाई लाग्छ– यसले मूलधारे हुन् वा मुस्लिम सबै मानिस र व्यवसायलाई ठूलो अवसर प्रदान गरेको छ ।

(खान इस्लामिक फेसन एन्ड डिजाइन काउन्सिलकी संस्थापक एवं अध्यक्ष हुन् ।)